‘सानो संसार’को गीत ‘मग मग फूलबारी’ सार्वजनिक

असोज ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘सानो संसार’को गीत ‘मग मग फूलबारी’ सार्वजनिक गरिएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको गीत सर्वाजनिक गरिएको हो ।
राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा मेलिना राई र संगीतकार सिवाकोटीको स्वर छ । विवाहको सेटअपमा तयार पारिएको गीतमा चलचित्रका प्रायः सवै कलाकारहरु फिचर्ड छन् । शरद महतोले खिचेको गीतको भिडियोमा सुजैन खड्का र मनोज खड्काको कोरियोग्राफी हेर्न सकिन्छ ।
पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्रमा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भुमिका रहेको छ । चलचित्रमा सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय रहेको छ । यी सवै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन् ।
राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा चलचित्र निर्माण भएको छ । अर्जुन कुमार निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता माधव वाग्ले हुन् ।
सिद्धार्थ पुडासैनीले निर्देशन गरेको चलचित्रमा प्रवीन खड्काको छायांकन र रोमी तन्डुकारको सम्पादन रहेको छ ।
Latest Updates
-
-
चौथो हप्तामा ‘ऊनको स्वीटर’, १० करोड बढीको ब्यापार गरेको दाबी
-
-
बजेटमा समेटियो छायांकन स्टुडियो निर्माण, सिनेमा पर्यटन र ओटिटीको विषय
-
-
‘समर अमेरिकन फिल्म सिरिज’मा ४ चलचित्र देखाउँदै अमेरिकी दूतावास
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi