प्रदर्शन मिति तय गर्दै ‘माछा माछा’को पोष्टर सार्वजनिक

प्रदर्शन मिति तय गर्दै चलचित्र ‘माछा माछा’को पोष्टर सार्वजनिक गरिएको छ । मंगलबार निर्माण पक्षले चलचित्रको पोस्टर सार्वजनिक गर्दै कार्तिक १२ गतेबाट चलचित्र प्रदर्शन हुने जानकारी दिएको हो ।
सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्रले तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्षको कथा भन्ने छ । चलचित्रमा सौगात मल्ल, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, प्रवीण खतिवडा, नम्रता श्रेष्ठ, पुस्कर गुरुङ, कमलमणि नेपाल, भोलाराज सापकोटा, सरिता गिरी, धुर्व कोइराला, बसन्त भट्ट लगायतका कलाकारको अभिनय रहेको छ ।
मणिराम पोखरेल कार्यकारी निर्माता रहेको चलचित्र सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो । चलचित्रमा रामबाबु गुरुङ र दयाहाङ राईको लगानी छ । सहनिर्मातामा ओमचंद्र रौनियार र अर्जुन कार्की छन् । चलचित्रमा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन, आनन्द महर्जनको पोस्टर डिजाइन, शिवराम श्रेष्ठको छायाँकन र निर्देशक गुरुङको लेखन छ ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal