चलचित्र ‘म’को ट्रेलर सार्वजनिक
चलचित्र ‘म’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
सार्वजनिक २ मिनेट १९ सेकेन्ड लामो ट्रेलर सस्पेन्स शैलीमा तयार पारिएको छ । विरामीको रुपमा अस्पताल छिरेको एक पात्रको अपराधिक घटनासँगको कनेक्सनमा चलचित्र आधारित रहेको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ ।
साउन २० गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई सुवर्ण थापाले निर्देशन गरेका हुन् । चलचित्रमा सरोज खनाल, निशा अधिकारी, रुविना थापा, निराजन प्रधान, सविन श्रेष्ठ, नरेन खड्का, सरिता लामिछाने, पुनम श्रेष्ठ, संजोग रसाइली लगायतको अभिनय छ ।
कान्तिपुर सिनेमाजको प्रोडक्सन र कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता बिमला हुमागाईं र पदम पुरी हुन् भने क्रियटिभ प्रोड्युसर प्रकाश पुरी हुन् । चलचित्रको पटकथा तथा संवाद पुरीकै हो ।
चलचित्रमा तेन्जिङ्ग पाल्देनको छायांकन र बनिश शाहको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
