चलचित्र ‘म’को टिजर सार्वजनिक
‘सुनगाभा’ जस्तो अब्बल चलचित्र दिएका सुवर्ण थापा निर्देशित चलचित्र ‘म’को टिजर सार्वजनिक भएको छ । आगामी साउन २० गतेबाट प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको टिजर सस्पेन्स र थ्रिलर शैलीमा तयार पारिएको छ । टिजर हेर्दा चलचित्र केही फरक बनेको हुनसक्ने देखिन्छ । एक घटनासँग जोडिएका र अनुसन्धानमा जुटेका विभिन्न पात्रको कथालाई टिजरमा देखाइएको छ ।
चलचित्र सम्बन्धि अध्यापन गराउने कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुति र कान्तिपुर सिनेमाज्को प्रोडक्सनमा तयार भएको चलचित्रमा सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्का, गीत विष्ट, विमल पुरी, सुरज विष्ट, सुवास पौडेल, सुप्रज्ञा शर्मा, अजित रेग्मी, सम्राट क्षेत्री, जेम्स अधिकारी, विवेक कुँवर र अमोद भट्टको अभिनय छ ।
यो चलचित्रबाट संजोग रसाइली र पुनम श्रेष्ठले अभिनयमा डेब्यू गरेका छन् । उनीहरु कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थी हुन् । प्रकाश पुरीको कथा तथा पटकथा रहेको चलचित्रमा तेन्जीङ्ग पाल्देनको छायांकन र बनिष शाहको सम्पादन छ । कान्तिपुर फिल्म एकेडेमीका सिइओ समेत रहेका प्रकाश पुरी क्रियटभ निर्माता रहेको चलचित्रका निर्माता विमला हुमागाईं र पदम पुरी हुन् ।
जीवन पराजुली मिडिया को-अर्डिनेटर, भरत रेग्मीको कलर, राकेश दाहालको ग्राफिक्स डिजाइन, साहिल खानको थ्रिएटिकल ट्रेलर, सुजन वली र सुरक्षा रेग्मी कस्टूम डिजाइन, करण सिंहको प्रोडक्सन डिजाइन, नोबल फ्रिक्सको ब्याकग्राउन्ड स्कोर, मुकेश शाहको साउन्ड डिजाइन रहेको चलचित्रलाई डिजिटल सिनेमा नेपाल (डिसिएन) र एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
