चलचित्र ‘लुङा’को ट्रेलर सार्वजनिक
चलचित्र ‘लुङा’को ट्रेलर सार्वजनिक गरिएको छ । श्रावण ५ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको सार्वजनिक ट्रेलरमा माया प्रेम संगै, सामाजिक कथालाई बिशेष स्थान दिइएको छ । किरण राईको निर्देशनमा बनेको चलचित्रमा बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भिम सेरमा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदिप जंग कार्की, गङ्गा बहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङको अभिनय रहेको छ ।
निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको चलचित्रका निर्माता सन्जिब राई हुन् भने प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल, मनिशा पाठक, मेनुका घिमिरे, कैलाश राई र टि आर साम्सोहाङ सहनिर्माता रहेका छन् ।
भुमिसा प्रोडक्सन संग इस्टन मिडियाको सहकार्य रहेको चलचित्र ‘लुङा’मा बादल लिम्बू र अनिस श्रेष्ठको संगीत, राजेश पायल राई, मेलिना राई, रचना रिमाल, आयुश प्रधान, निमा तामाङको गायन र किरण राईको छायांकन तथा सम्पादन रहेको छ । भुवन सिंह राईले लेखेको कथालाइ भुवन सिंह राई, प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथा सम्बाद लेखेका हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
