Mahajatra

‘लभ स्टेशन’ चैत १ मा प्रदर्शन हुने

२०७५ पौष ४
‘लभ स्टेशन’ चैत १ मा प्रदर्शन हुने

चलचित्र ‘लभ स्टेशन’ को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र चैत १ बाट प्रदर्शनमा आउने पक्का भएको हो ।

उज्वल घिमिरेको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, जसिता गुरुङ, मिस सिलगुढी श्रद्धा क्षेत्री, सरोज खनाल, रमेश बुढाथोकी, प्रकाश शाहलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

लभ स्टेशनको अधिकांश छायाँकन भारतको दार्जीलिङ, कालिङपोङ, सिक्किमलगायत नेपालको पुर्वी भेगका इलाम फिक्कलमा गरिएको छ । चलचित्रमा आलोक शुक्लाको छायाँकन, शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ । लभ स्टेशनलाई काफिया फिल्म्स्को व्यानरमा काफिया शाही ९क्रिसु० र कविर बिक्रम शाहीले निर्माण गरेका हुन् । चलचित्रका निर्माता गोविन्द शाही रहेका छन् ।