‘लभ डायरीज’को टिजर सार्वजनिक

चलचित्र ‘लभ डायरीज’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा मुख्य कलाकार सुशील श्रेष्ठ र रुबिना थापालाई मात्र स्थान दिइएको छ । दुई बीचको प्रेम, रोमान्स र विछोडका दृश्य टिजरमा अटाएका छन् ।
प्रेमकथाको यो चलचित्र प्रणय दिवस अर्थात फागुन २ गतेबाट प्रदर्शन हुँदैछ । सौरभ चौधरीको निर्देशन रहेको चलचित्रमा सञ्जय लामाको छायाँकन, मिलन श्रेष्ठको सम्पादन, मधु बास्तोलाको कथा, निर्देशक चौधरी र बास्तोलाको पटकथा तथा संवाद रहेको छ । चलचित्रमा सुशील श्रेष्ठ र रुविना थापाका अलवा विश्वजीत रिमाल, विशाल पहारी, विष्णु सापकोटा, अर्जुनजंग शाही लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रलाई विनोद सापकोटाले निर्माण गरेका हुन् भने सहनिर्माताको रुपमा सरोज तुलाधर रहेका छन् । साहिल खान चलचित्रका एसोसियट निर्देशक हुन् ।
Latest Updates
-
बजेटमा समेटियो छायांकन स्टुडियो निर्माण, सिनेमा पर्यटन र ओटिटीको विषय
-
-
‘समर अमेरिकन फिल्म सिरिज’मा ४ चलचित्र देखाउँदै अमेरिकी दूतावास
-
-
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi