भ्यालेण्टाइन डे मा शुशिलको ‘लभ डायरिज’

चलचित्र ‘लभ डायरिज’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । यसअघि पनि प्रदर्शन मिति तय भएर स्थगित भएको चलचित्र अब भने भ्यालेन्टाइन डेको अवसर पारी फागुन २ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
आइतबार चलचित्रको इण्डक्ल्याप गर्दै नयाँ रिलिज मिति सार्वजनिक गरिएको हो । हायात होटल परिसरमा एक गीतको छायाँकन सँगै चलचित्रको इण्ड क्ल्याप गरिएको हो । गीतमा कलाकारहरु सुशील श्रेष्ठ, रुबिना थापा, विश्वजित रिमालसँगै प्रिष्मा र प्रिन्सी खतिवडा र कमला घिमिरेको नृत्य रहेको छ । टिकटकबाट चर्चामा आएका प्रिष्मा र प्रिन्सीले यसै चलचित्रको गीतबाट ठुलो पर्दामा डेव्यु गरेका हुन् । गीतमा अर्जुन पोखरेलको शब्द र संगीत र दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वर छ । भिडियोको कोरियोग्राफी प्रविण सिंहले गरेका हुन् ।
सौरभ चौधरीको निर्देशन रहेको चलचित्रमा संजय लामाको छायाँकन, मिलन श्रेष्ठको सम्पादन, मधु बास्तोलाको कथा र पटकथा रहेको छ । विनोद सापकोटा निर्माता रहेको चलचित्रका सह निर्माता सरोज तुलाधर हुन् ।
Latest Updates
-
-
चौथो हप्तामा ‘ऊनको स्वीटर’, १० करोड बढीको ब्यापार गरेको दाबी
-
-
बजेटमा समेटियो छायांकन स्टुडियो निर्माण, सिनेमा पर्यटन र ओटिटीको विषय
-
-
‘समर अमेरिकन फिल्म सिरिज’मा ४ चलचित्र देखाउँदै अमेरिकी दूतावास
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi