फागुन ५ मा ‘लण्डन टू पेरिस’
चलचित्र ‘लण्डन टू पेरिस’ फागुन ५ गतेबाट प्रदर्शन हुने भएको छ । घनश्याम लामिछानेद्वारा निर्देशित चलचित्र फागुन ७ गते प्रजातन्त्र दिवस र ९ गते ग्याल्पो ल्होछारको सार्वजनिक विदा भएकाले उक्त मितिमा प्रदर्शन हुन लागेको हो ।
लण्डन र पेरिसमा छायांकन गरिएको यो चलचित्रमा साम्राज्ञी आरएल शाह, गरिमा शर्मा, निश्चल खड्का, कबीर खड्का र मनिष श्रेष्ठको मुख्य भूमिका रहेको छ । ट्राभल लभस्टोरी जनरको चलचित्र एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको हो ।
प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको चलचित्रका निर्मातामा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल छन् भने सह(निर्मातामा अजित सिंह छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
