‘लाइफ इन एलए’को ‘उदाएर आयो तिमी’ सार्वजनिक

चलचित्र ‘लाइफ इन एलए’को ‘उदाएर आयो तिमी’ बोलको गीत सार्वजनिक गरिएको छ । आगामी जेष्ठ ६ गतेबाट प्रदर्शनमा आउने सिनेमाको शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत रिलिज गरिएको हो ।
आगामी जेष्ठ ६ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र त्रिकोणात्मक प्रेमकथाको हो । चलचित्रमा ब्यास बिस्सु, आकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय छ । सुर्य एन श्रेष्ठको निर्देशन रहेको चलचित्रमा एलिस कार्की र प्रतिक पौडेलको संगीत, सुन्दर श्रेष्ठको शब्द र प्रताप दास, प्रबिशा अधिकारी र कविता श्रेष्ठ स्वर छ ।
ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रमा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् । दीपक वली एसोसियट निर्देशक रहेको चलचित्रका प्रोडक्सन म्यानेर प्रदीप आचार्य र प्रदीप खत्री हुन् ।
भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको चलचित्रमा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ । अमेरिकाको विभिन्न राज्यमा प्रदर्शन भइसकेको चलचित्रलाई दर्शकले निकै रुचाएकोले नेपाली दर्शकबाट पनि राम्रो साथ पाउने विश्वास निर्माण टिमले राखेको छ ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal