'लाइफ इन एलए'को प्रिमियर
जेष्ठ ६ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'लाइफ इन एलए'को बुधबार ललितपुर स्थित क्युएफएक्स लविम मलमा प्रिमियर गरियो । सिनेमाकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति रहेकेो प्रिमियर शोमा सिनेमाले मिश्रित प्रतिक्रिया बटुलेको छ ।
सिनेमा हेर्न लविम मलमा निर्देशक प्रकाश सायमी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक दीपक श्रेष्ठ, वितरक कोपाल काजी कायस्थ, क्युएफएक्सका सञ्चालक नकिम उद्दिन, अभिनेता संदीप क्षेत्री, नेपाली फुटबल टिमका पूर्व कप्तान विराज महर्जन, खेलाडी भरत खवास, नेपाली महिला फुटबलर अन्जना थापा मगर, र्यापर दिनेश लगायत सिनेमा हेर्न पुगेका थिए ।
अमेरिका र नेपालमा छायांकन गरिएको सिनेमा 'लाइफ इन एलए'को टिमबाट निर्देशक सुर्य एन श्रेष्ठ, निर्माता तथा अभिनेता ब्यास बिस्सु, कार्यकारी निर्माता संसार सुवेदी, अभिनेता बुद्धि तामाङ, अभिनेता लोकेन्द्र लेखक, अभिनेत्री शिल्पा मास्के, अभिनेत्री अकेशा बिष्ट, अभिनेत्री निलम चन्द प्रिमियरमा उपस्थित थिए ।
निर्देशक तथा अभिनेत्री भनिन्, ‘हामी अमेरिकालाई सपनाको देश मात्र भन्छौं । तर, त्यहाँ गएपछिको लाइफस्टाइल कस्तो हुन्छ भन्नेबारेमा हामीलाई थाहा नै हुँदैन । सिनेमामा यी सबै कुरालाई देखाइएको छ । अमेरिका नगए पनि सिनेमाबाट धेरै बुझ्न पाइन्छ ।’ त्यस्तै, पूर्वडीआईजी रमेश खरेलले निर्माता ब्यास बिस्सुले आफ्नो लाइफसँग जोडेर सिनेमा बनाएकाले कति दृश्यमा आफू इमोसनल भएको बताए ।
निर्देशक प्रकाश सायमीले पनि सिनेमा राम्रो लागेको प्रतिक्रिया दिए । उनले भने, ‘अमेरिकामा बनेको सिनेमा भएकाले यसले एउटा फरक भ्यालु राख्छ । अमेरिकामा बस्ने नेपालीको कथालाई सिनेमामा बुनिएको छ । समाज, आर्थिक विकास, नेपालीले र्पुयाएको योगदान र अमेरिका जान चाहनेलाई सिनेमाले सुझाव दिन्छ । यो सिनेमाबाट नेपाली निर्माताले पनि धेरै कुरा सिक्न पाउँछन् ।’
निर्माता अर्जुन कुमारले पनि सिनेमा आफूलाई मन परेको बताए । नयाँ सोचसहित सिनेमा निर्माण गरेको देख्दा खुशी लागेको भन्दै हेरिरहेको सिनेमाभन्दा फरक लाग्छ । त्यस्तै, फुटबल खेलाडी विराज महर्जन र भरत खवासले सिनेमामा वास्तविक कथालाई प्रस्तुत गरिएकाले मन छोएको बताए । उनीहरुले निर्माता बिस्सुले नेपाललाई र्पुयाएको योगदानको पनि प्रशंसा गरे ।
प्रिमियरमा सुखद् प्रतिक्रिया मिलेपछि खुशी देखिएका निर्माता तथा अभिनेता बिस्सु दर्शकलाई पनि सिनेमा मन पर्नेमा आशावादी देखिएका छन् । ‘सिनेमाले मानिसलाई धेरै कुराको ज्ञान दिन्छ । सबैले अमेरिका कस्तो छ भनेर सोच्छन्, सिनेमाले त्यो देखाएको छ । मैले पनि अमेरिका जाँदा कति दुःख पाएको थिएँ, त्यो सिनेमामा देख्न सकिन्छ । सिनेमाले दर्शकको विश्वास जित्नेमा ढुक्क छु,’ उनले भने ।
सुर्य एन श्रेष्ठ निर्देशित त्रिकोणात्मक प्रेमकथा ‘लाइफ इन एलए’मा ब्यास बिस्सु, आकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, निलम चन्द, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । सिनेमामा एलिस कार्की र प्रतिक पौडेलको संगीत र प्रताप दास, प्रविसा अधिकारी र कविता श्रेष्ठ स्वर छ ।
ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको सिनेमालाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार सुवेदी कार्यकारी निर्माता रहेको सिनेमामा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् । दीपक वली एसोसियट निर्देशक रहेको सिनेमाका प्रोडक्सन म्यानेर प्रदीप आचार्य र प्रदीप खत्री हुन् । सिनेमाको अमेरिका पार्टको छायांकन क्रिस वारेन र एडवर्ड युकेन गरेका हुन्, भने नेपालको पार्ट बाबु श्रेष्ठले खिचेका हुन् ।
भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको सिनेमामा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ । अमेरिकाको विभिन्न राज्यमा प्रदर्शन भैसकेको सिनेमालाई दर्शकले निकै रुचाएले नेपाली दर्शकबाट पनि राम्रो साथ पाउने विश्वास निर्माण टिमले राखेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
