‘एलजि सिने सर्कल अवार्ड’का लागि अनलाइन फर्म खुल्ला
‘एलजि सिने सर्कल अवार्ड २०७६’मा सहभागी हुन आब्हान गरिएको छ । आयोजक संस्था सिनेमा सर्कल नेपालले निशुल्क अनलाईन फर्म खुल्ला गर्दै २०७५ सालभर सार्वजनिक प्रदर्शनमा आएका चलचित्रहरुले अवार्डमा सहभागिता जनाउन पाउने जनाएको छ ।
कुल २२ बिधामा प्रदान गरिने अवार्ड सिनेमा सर्कल नेपालको आयोजना र द दिनेश डिसी प्रोडक्सनको व्यवस्थापनमा हुने छ । यो अवार्डको चौथो संस्करण हो ।
अवार्डमा पहिलो वर्ष वरिष्ठ भारतीय कलाकार शत्रुघन शिन्हा, जापानी चलचित्र निर्देशक मात्सुवयासी र हलिउड चलचित्र निर्देशक डिगर मेश, दोस्रो वर्ष भारतिय कलाकार एंव नेपालको पहिलो निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र माईतीघरका प्रमुख कलाकार माला सिन्हा, सिपी लोहनी र तेस्रो वर्ष चर्चित बलिउड स्टार गोविन्दाको उपस्थिति रहेको थियो । लगातार रुपमा बलिउडका प्रतिष्ठित कलाकारहरुको आगमनले पनि यो अवार्ड चर्चित छ । त्यसका अलवा विगतका ३ वटै वर्षमा उपराष्ट्रपति नन्दबहादुर पुनको समेत उपस्थिति रहेको थियो ।
सिनेमा सर्कल नेपालका अध्यक्ष दिनेश डिसीका अनुसार केही समयमा नै अवार्डको हुने मिति घोषणा गरिने छ ।
निशुल्क अनलाईन फर्म भर्नका लागि यहाँ क्लीक गर्नुहोस्
‘एलजि सिने सर्कल अवार्ड २०७६’ मा अवार्ड प्रदान गरिने २२ बिधा
१. बर्षको उत्कृष्ट चलचित्र
२. बर्षको उत्कृष्ट निर्देशक
३. बर्षको उत्कृष्ट नायक
४. बर्षको उत्कृष्ट नायिका
६. बर्षको उत्कृष्ट संगीतकार
७. बर्षको उत्कृष्ट अनस्कृन जोडी
८. बर्षको उत्कृष्ट कोरियोग्राफर
९.बर्षको उत्कृष्ट एक्सन निर्देशक
१०. बर्षको उत्कृष्ट पाश्र्व गायिका
११. बर्षको उत्कृष्ट पाश्र्व गायक
१२. बर्षको उत्कृष्ट पटकथा
१३. बर्षको उत्कृष्ट पाश्र्व संगीत
१४. बर्षको उत्कृष्ट सम्पादक
१५. बर्षको सर्वाधिक चर्चित अभिनेत्री
१६. बर्षको सर्वाधिक चर्चित अभिनेता
१७. बर्षको उत्कृष्ट कमेन्डेबल मुभि
१८. बर्षको उत्कृष्ट भीएफएक्स
१९. बर्षको उत्कृष्ट स्टन्ट
२०. बर्षको सर्वाधिक चर्चित गीत
२१.. बर्षको उत्कृष्ट ट्रेलर
२२..बर्षको उत्कृष्ट पोष्टर
बिगतका संस्करणमा अवार्ड बिजेताहरुको विवरणका लागि यहाँ क्लीक गर्नुहोस्
‘एलजि सिने सर्कल अवार्ड २०७३’का बिजेताहरु
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
