‘लप्पन छप्पन २’को पहिलो गीत सार्वजनिक

चलचित्र ‘लप्पन छप्पन २’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘झुसे बारुलो’ बोलको गीतमा मिस्टर आरजेको शब्द, संगीत तथा आर्जन पाण्डे र विद्या तिवारी स्वर छ ।
सार्वजनिक गीतमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, कविता नेपाली, मुकुन्द भट्ट, शक्ति श्रेष्ठ र सुपर गुरुङलगायतका मुख्य कलाकारलाई फिचर्ड गरिएको छ ।
एक्सन जनरको चलचित्रमा गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको पनि अभिनय छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको यस चलचित्रबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रिजना सिना, रन्जीत ओन्तालगायतले अभिनयमा डेब्यु गर्दैछन् ।
२०७७ को बैशाख १२ लाई प्रदर्शन लक्ष्य राखेको चलचित्रमा निर्देशक भट्ट, अमित शर्मा र सुनिल नेउरेको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको छायाँकन, शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट(एमआर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत, किङ योगी र दिलिप ओकेधाको कोरियोग्राफी, हिमाल केसीसहित निर्देशक भट्टको एक्सन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi