‘लक्ष्मी पूजा’को गीत ‘फुर फुर पुतली’ सार्वजनिक
सानो पर्दा लक्षित चलचित्र ‘लक्ष्मी पूजा’को गीत ‘फुर फुर पुतली’ सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा दयाराम पाण्डेको शब्द, विपिन आचार्यको संगीत र माण्डवी त्रिपाठी र अंकित न्यौपानेको स्वर रहेको छ । गीतमा सलोन बस्नेत, रियाशा दाहाल, जयकिशन बस्नेत, अस्मिता जुरेलीलगायत फिचर्ड छन् । गीतमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, गौतमराज खड्काको सम्पादन छ ।
सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा समिर मियाँको निर्देशन र शोभित बस्नेतको निर्माण छ । चलचित्रमा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहलगायतको अभिनय रहेको छ । सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् ।
कार्तिक ७ गते फूलपातीको दिन सानो पर्दामा रिलिज हुने चलचित्रमा केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व र जयकुमार दर्लामीको छायांकन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
