चलचित्र ‘लक्ष्मी पूजा’को गीत ‘जिन्दगी’ सार्वजनिक
यही दशैंमा चलचित्र प्रदर्शनको अनुमति पाए हलमा नत्र डिजिटल प्लेटफर्ममा प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘लक्ष्मी पूजा’को गीत ‘जिन्दगी’ सार्वजनिक भएको छ । माण्डवी त्रिपाठीको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द र विपिन आचार्यको संगीत छ । गीतमा अस्मिता जुरेली, जयकिशन बस्नेत, नीर शाहलगायत फिचर्ड छन् ।
सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भइरहेको चलपचत्रमा समिर मियाँको निर्देशन रहेको छ । शोभित बस्नेतको निर्माण रहेको चलचित्रमा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् ।
निर्माता शोभितका अनुसार जाहान्वीको शीर्ष भूमिका रहेको चलचित्रमा उनी दोहोरो भूमिकामा देखिँदैछिन् ।चलचित्रमा केदार भुषालको लेखन, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
