‘पिताम्बर’को गीत ‘लास्ट च्वाँक छे यार’ सार्वजनिक

२०८१ चैत्र २४
‘पिताम्बर’को गीत ‘लास्ट च्वाँक छे यार’ सार्वजनिक

आगामी शुक्रबार रिलिज हुने चलचित्र ‘पिताम्बर’को गीत ‘लास्ट च्वाँक छे यार’ सार्वजनिक गरिएको छ । निर्देशक कृषा चौलागाईंको शब्द रहेको सार्वजनिक गीतमा बाबुल गिरीको स्वर र संगीत छ । 

गीतमा चलचित्रका प्रमुख कलाकार सौगात मल्ल र सुरक्षा पन्तको अभिनय छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा सुरक्षाप्रति सौगातको प्रेमभावलाई भिडियोमा प्रस्तुत गरिएको छ । तराईको लोकेसनमा खिचिएको गीतमा त्यहाँको परिवेशलाई देखाइएको छ । 

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रलाई कृषा चौलागाईंले निर्देशन गरेकी हुन् । चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ ।

विशाल चौलागाईं निर्माता रहेको चलचित्रका सह निर्माता पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं हुन् भने सुमन गौतम कार्यकारी निर्माता हुन् ।

Latest Updates

New Releases (Chaitra 29)

Next Releases (Baishak 12)