Mansara

‘लप्पन छप्पन २’ ले तोक्यो रिलिज मिति, शिबरात्रीमा प्रदर्शन हुने

२०७७ पौष ९
‘लप्पन छप्पन २’ ले तोक्यो रिलिज मिति, शिबरात्रीमा प्रदर्शन हुने

चलचित्र ‘लप्पन छप्पन २’ले प्रदर्शन मिति तय गरेको छ । कोरोना कहरका बिच भोली शुक्रबारबाट चलचित्र हलहरु पुनः सञ्चालनमा आउने पक्का भएपछि ‘लप्पन छप्पन २’ले प्रदर्शन मिति तय गरेको हो ।

मुकुन्द भट्टद्धारा निर्माण तथा निर्देशित गरिएको चलचित्रको अफिसियल पोष्टर सार्वजनिक गर्दै महाशिव रात्रीको अवसर पारेर आगामी फागुन २७ गतेबाट चलचित्र प्रदर्शनमा आउने जनाइएको छ ।

एक्सन जनराको चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको चलचित्रबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतका कलाकारले डेब्यु गर्दैछन् ।

निर्देशक भट्ट र सुनिल नेउरेको पटकथा र संवाद रहेको चलचित्रमा अमित शर्माले पनि पटकथामा साथ दिएका छन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट एमआर आरजे, दीपक आरजे र बुलेट फ्लोको संगीत, किङ योगी र दिलिप ओकेडाको कोरियोग्राफी, हिमाल केसीसहित निर्देशक भट्टको एक्सन, निरज केसीको साउण्ड डिजाइन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता रहेको चलचित्रमा समीर खरेल क्रियटिभ निर्माताको रुपमा रहेका छन् । भने, सह–निर्मातामा राजीव तामाङ, वेद बहादुर तामाङ, रानु तिमिला, ताराचन्द शर्मा र सुरज केसी छन् । चलचित्र निर्माणमा गोल्डेन हिल्स पिक्चर्स सँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरेका छन् । सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको चलचित्रमा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माताको रुपमा छन् ।

Mahajatra