‘लक्का जवान’को शिर्ष गीत सार्वजनिक

चलचित्र ‘लक्का जवान’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा डिपी खनालको शब्द, बाबुल गिरीको संगीत, बाबुल गिरी र मिना निरौलाको स्वर रहेको छ ।
कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा चलचित्रका लगभग सबै कलाकारहरुको नृत्य रहेको छ । गीतमा सरोज खनाल, दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, शिवहरी पौड्याल, किरण केी, शुशिल पोखरेल, जयनन्द लामा, सबिता गुरुङ, अन्जु महर्जनलगायतका कलाकारको नृत्य रहेको छ ।
हाँस्य कलाकार शिवहरी पौड्यालको डेब्यु निर्देशन रहेको चलचित्रमा उनकै कथा, पटकथा र सम्बाद रहेको छ । किरण केसी, शिवराम पौड्याल र दीलिप रायमाझीको निर्माण रहेको चलचित्रमा पुषोत्तम प्रधानको छायाँकन र मित्र डी गुरुङको सम्पादन छ । चैत २१ गतेबाट प्रदर्शनमा आउने चलचित्रको निर्माता अन्सुया श्रेष्ठ ओन्ता र सहनिर्मातामा सुशील अर्याल, डेजी अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँ रहेका छन् ।
Latest Updates
-
-
-
‘यो मन त मेरो नेपाली हो’को प्रिमियर सम्पन्न, चलचित्रकर्मीले गरे तारिफ
-
-
‘क्याप्टेन साब’को शुभमुहूर्त, क्याप्टेन थापाको जीवनीलाई खनालले निर्देशन गर्ने
-
New Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal
Next Releases (Shrawn 24)
-
Mohar
Director : Om Prateek
Casts : Benisha Hamal, Paul Shah, Arjun Jung Shahi, Niti Shah, Mithila Sharma -
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak