सौगात, अर्पण र अनुपविक्रम अभिनित ‘लाखे’को टिजर रिलिज

मल्टि स्टारर चलचित्र ‘लाखे’ को टिजर सार्वजनिक गरिएको छ । ३१ भदौमा प्रदर्शन हुने चलचित्रको टिजरमा मुख्य कलाकारहरुलाई प्रसतुत गरिएको छ । एक्सन जनराको टिजरले चलिचित्र बारे दर्शकमा कौतुहलता जगाउने देखिन्छ ।
सम्राट बस्नेत निर्देशित चलचित्रमा सौगात मल्ल, अर्पण थापा,आर्यन अधिकारी, अनुप बिक्रम शाही, वर्षा राउत, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् । गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति रहेको चलचित्रको कथाकार र निर्माता सिजन अर्याल हुन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको चलचित्र सुसन प्रजापतिले खिचेका हुन् ।
ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको पटकथा, सम्वाद आकाश बरालले लेखेका हुन । अर्जुन जिसीको सम्पादन रहेको चलचित्रका गीतमा दीपक बज्राचार्यको संगीत छ । ‘लाखे’ भरपुर मनोरञ्जक बनेको जानकारी निर्देशक सम्राटले दिएका छन् ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal