‘लाज शरणम्’ सेन्सर पास, प्रर्दशनको बाटो खुल्ला
‘लाज शरणम्’ सेन्सर पास भएको छ । केन्द्रिय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)बाट चलचित्रले युनिभर्सल सर्टिफिकेट पाएको छ ।
जेलमा रहेका पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमले चलचित्रमा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज अनुमतिबिना प्रयोग गरिएको भन्दै अदालतमा मुद्धा दायर गरेका थिए । त्यसैको आधारमा अदालतले सेन्सरअघि चलचित्रको प्रचारप्रसार नगर्न अन्तरिम आदेश दिएपछि यसको भविष्य सेन्सर बोर्डको हातमा थियो । अब भने चलचित्र प्रदर्शनको बाटो खुलेको छ ।
शुक्रबार चलचित्रको सेन्सर गरिएको थियो । यद्यपी केही दृष्यहरु परिमार्जन गरेर आइतबार मात्र चलचित्रलाई सेन्सर पासको सर्टिफिकेट दिइएको हो । जेपीटी क्रिएसनले निर्माण गरेको चलचित्रको पोस्टर सार्वजनिक भएसँगै कलाकार सिताराम कट्टेलको गेटअप पूर्वमन्त्री आलमसँग मिलेको चर्चा भएको थियो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
