Mahajatra

चलचित्र ‘कुम्भकरण’को ट्रेलर सार्वजनिक

२०७६ बैशाख २९
चलचित्र ‘कुम्भकरण’को ट्रेलर सार्वजनिक

चलचित्र ‘कुम्भकरण’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको ट्रेलर डार्क कमेडी शैलीको छ । 

दिपक ओलीको निर्देशन रहेको चलचित्रमा निशा अधिकारी, गौरब पहाडी, भोलाराज सापकोटा, अभय बराल, प्रमोद अग्रहरी, आकाश पल, कुलदिप अधिकारी, कमल गाउले, प्रतिभा छेत्री लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको प्रदर्शन मिति जेष्ठ १७ लाई तय गरिएको छ ।

आकाश पल इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्र सस्पेन्स, कमेडी र लभस्टोरी कथामा आधारित रहेको जनाइउको छ । चलचित्रमा महेश दवाडीको कथा, पटकथा तथा संबाद, गोबिन्द मधुर आचार्यको संगीत, सुनिल बसेलको कोरियोग्राफी, हरि घले लामाको छायाँकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

चित्र बहादुर घर्ति मगर र क्षितिज बस्नेतको निर्माण रहेको चलचित्रमा गिर प्रसाद घर्ति मगर र विजय श्रेठ सह निर्माता रहेको छन् । भने, सिनेमाका कार्यकारी निर्माता रोम ओली र चुपनिधि रिजाल (अरुण) हुन् । चलचित्रलाई रिच इन्टरटेनमेन्टका करण श्रेष्ठले वितरण गर्दैछन् ।