प्रदर्शन मिति तय गर्दै चलचित्र ‘कुम्भकरण’को पोष्टर सार्वजनिक
प्रदर्शन मिति तय गर्दै चलचित्र ‘कुम्भकरण’को पोष्टर सार्वजनिक गरिएको छ । जेष्ठ १७ लाई प्रदर्शन मिति तय गरिएको चलचित्र केही समय अघि नै निर्माण गरिएको हो ।
दिपक ओलीको निर्देशन रहेको चलचित्रमा निशा अधिकारी, गौरब पहाडी, भोलाराज सापकोटा, अभय बराल, प्रमोद अग्रहरी, आकाश पल, कुलदिप अधिकारी, कमल गाउले, प्रतिभा छेत्री लगायतका कलाकारको अभिनय रहेको छ ।
आकाश पल इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्र सस्पेन्स, कमेडी र लभस्टोरी कथामा आधारित रहेको जनाइउको छ । चलचित्रमा महेश दवाडीको कथा, पटकथा तथा संबाद, गोबिन्द मधुर आचार्यको संगीत, सुनिल बसेलको कोरियोग्राफी, हरि घले लामाको छायाँकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
चित्र बहादुर घर्ति मगर र क्षितिज बस्नेतको निर्माण रहेको चलचित्रमा गिर प्रसाद घर्ति मगर र विजय श्रेठ सह निर्माता रहेको छन् । भने, सिनेमाका कार्यकारी निर्माता रोम ओली र चुपनिधि रिजाल (अरुण) हुन् । चलचित्रलाई रिच इन्टरटेनमेन्टका करण श्रेष्ठले वितरण गर्दैछन् ।

Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
