कलेज केन्द्रित प्रचारमा ‘कुम्भ करण’

चलचित्र ‘कुम्भ करण’को प्रचारलाई कलेज केन्द्रित बनाइएको छ । चलचित्रमा मुख्य नायक र नायिका शिक्षक र शिक्षिका रहेको हुनाले कलेज केन्द्रित प्रचार थालिएको निर्माण पक्षले जनाएको छ ।
राजधानीका बिभिन्न कलेजहरुमा पुगि निर्माण टिमले बिद्याथीहरुसँग अन्तक्रिया समेत गरेको छ । जहाँ कलाकारहरु गौरब पहारी, भोलाराज सापकोटा, अभय बराल, सरिता गिरी निर्देशक दिपक ओली र वितरक करण श्रेष्ठ उपस्थित थिए । अन्तक्रियामा चलचित्रको बारेमा जानकारी दिदै बिद्यार्थीहरुबाट उठेका केही प्रश्ननको कलाकारहरुले जवाफ समेत दिएका थिए ।
आकाश पल इन्टेर्टेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको पोस्टर र ट्रेलर केही दिन अघि मात्र सार्वजनिक गरिएको हो । ट्रेलरले राम्रै प्रतिक्रिया पाएको निर्माण टिमको भनाई छ । चलचित्रमा महेश दवाडीको पटकथा सम्बाद, गोबिन्द मधुर आचार्यको संगीत, सुनिल बसेलको कोरियोग्राफी, हरि घले लामाको छायाँकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रलाइ रिच इन्टरटेर्मेण्टका करण श्रेष्ठले वितरण गर्दै छन छ ।
चित्र बहादुर घर्ति मगर र क्षितिज बस्नेतको निर्माण रहेको चलचित्रमा सह निर्माताको रुपमा गिर प्रसाद घर्ति मगर र विजय श्रेठ रहेका छन । कार्यकारी निर्मातामा रोम ओली र चुपनिधि रिजाल (अरुण) रहेका छन भने लाईन प्रडूसरमा सरिता गिरि रहेकी छन् । चलचित्रमा नायिका निशा अधिकारी, गौरब पहाडी, भोलाराज सापकोटा, अभय बराल, प्रमोद अग्रहरी, आकाश पल, कुलदिप अधिकारी, कमल गाउले, प्रतिभा छेत्री, सुधब थापा लगायतका कलाकारको अभिनय रहेको छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal