सामाजीक सचेतनामुलक कार्यक्रम गर्दै कुमारी बैंकले वितरण गर्यो एक हजार थान मास्क र एक सय पचास थान हयान्ड स्यानीटाईजर
कुमारी बैंक लिमिटेड सुदुरपश्चिम प्रादेशीक कार्यालय महेन्द्रनगर कञ्चनपुरको आयोजनामा शुक्रबार महेन्द्रनगर वजारमा सामाजिक सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । बैंकले आफनो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागी उक्त कार्यक्रम गरेको हो ।
कार्यक्रममा बैंकका कंचनपुर शाखा, झलारी शाखा तथा चादनीदोधारा शाखाका कर्मचारीहरु समेतको पनि उपस्थिती रहेको थियो । कार्यक्रम बैंकको प्रादेशिक कार्यालयबाट विहान ९ बजे देखी सुरु भै चम्मन चौराहाबाट सब्जीमण्डी हुदै महेन्द्रनगर बजारको १ नं., २ नं., ३ नं., ४ नं. र ५ नं. गल्ली परिक्रमा गरी बैकको प्रादेशिक कार्यालयमा ११ बजे समापन भएको हो ।
बैंकले महेन्द्रनगर वजारमा मास्क लगाउन प्रेरित गरी मास्क नलगाई हिडेका बिभिन्न ब्यक्तिहरुलाई एक हजार थान मास्क तथा एक सय पचास थान हयान्ड स्यानीटाईजर बितरण गरेको थियो । कार्यक्रममार्फत कर्मचारीले मास्क प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, स्यानीेटाईजर प्रयोग गर्ने, भिडभाड नगर्ने तथा साबुन पानीले हात धुने जस्ता बिबिध सचेतनामुलक नारा लेखिएका ब्यानर तथा प्ले–कार्ड बोकेर सो मार्फत कोभिड–१९ नियन्त्रण र रोकथामका लागी पुर्बसाबधानीका सन्देश दिएका छन् । सुदुरपश्चिम प्रादेशीक कार्यालयका प्रमुख दीपक खनालले कोभिड–१९ नियन्त्रण र रोकथामका लागी यो कार्यक्रम निकै उपयोगी हुने भन्दै आगामी दिनमा पनि अन्य स्थानमा सचेतनामुलक कार्यक्रमहरु गर्दै जाने बताए ।
कुमारी बैंक लिमिटेडको सुदुरपश्चिम प्रदेशमा १९ वटा शाखा र ८ वटा ए.टि.एम. संचालनमा रहेको छ भने देशभर १८६ शाखा, १३ एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ्ग सेवा र १०८ ए.टि.एम. संचालनमा रहेको छ । साथै बैंकले लकडाउनमा पनि सुरक्षाका उपायहरु अपनाई बैंकिङ्ग सेवाहरु दिदै आएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
