चलचित्र ‘कृष्ण–लीला’का चार पोष्टर सार्वजनिक

चलचित्र ‘कृष्ण–लीला’का चार प्रेमिल पोष्टर सार्वजनिक भएका छन् । सार्वजनिक चारै पोष्टरमा नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्रीलाई फिचर्ड गरिएको छ । भाद्र ३ गतेबाट प्रदर्शन हुने चलचित्रको पोष्टरले चलचित्र प्रेम कथामा आधारित भएको भाव दिएको छ ।
दीपक ओली निर्देशित चलचित्रमा पुष्प र श्रद्धाका अलवा बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईलगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा लक्ष्मण सुवेदीको लेखन, शिब ढकाल र बाबु श्रेष्ठको छायाँकन, अर्जुन पोखरेलको संगीत, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्धन्द्ध निर्देशन छ । आर आर फिल्म प्रोडक्शनको ब्यानरमा रोहित कट्टेल प्रस्तुतकर्ता रहेको चलचित्रमा कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन भने प्रकाश कार्की र केवल तामाङ निर्माता हुन् ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal