Kumari Bank

कृष्ण भजन ‘मन मोहन’ सार्वजनिक

लेन्सनेपाल २०७७ असोज २९
कृष्ण भजन ‘मन मोहन’ सार्वजनिक

कृष्ण भजन ‘मन मोहन’को भिडियो सार्वजनिक गरिएको छ । भजनमा उत्साहकान्त मैनालीको स्वर, पुरुषोत्तम रसुवाको शब्द र रिमेश कुमारको संगीत रहेको छ । 

सेलिब्रेटी नेपालले निर्माण गरेको भजनको भिडियोलाई जनकदिप पराजुलीले निर्देशन गरेका हुन् । भिडियोमो सागर प्रधानको छायांकन र धुर्बराज पराजुलीको सम्पादन रहेको छ । राम पाण्डे र संगम शर्मा फिचर्ड भिडियोमा सन्तोष राजबाहकले कोरियोग्राफी गरेका छन् ।