कृषि अवार्डको ब्राण्ड एम्वेसडरमा नायक केसी र गायिका हमाल
तेश्रो नेशनल शिखर कृषि अवार्ड २०२२ को ब्राण्ड एम्वेसडरमा चलचित्रका नायक दिनेस केसी र लोक दोहोरी गायिका राधिका हमाल नियुक्त भएका छन् ।
नेपालमा कृषि र कृषिजन्य वस्तुको उत्पादनमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने कृषकहरुको आत्मबल, आत्मसम्मान र कृषि कर्मप्रतिको उत्साहलाई अझ वृध्दि गर्ने उदेश्यले नेपाल सरकार कृषि मन्त्रालको संयोजन र शिखर नेपालको आयोजनामा उक्त अवार्ड हुन लागेको हो ।
नेपालमा चलचित्र क्षेत्रमा एक आशा लाग्दो नायकको रुपमा २०६६ सालदेखि सक्रिय रुपमा लागिपरीरहेका नायक केसीले खतरनाक, वादशाह, लाले, दानव जस्ता ठुलोपर्दाका चलचित्रहरुमा आफ्नो अभिनय कौशलता प्रदर्शन गरेर दर्शकमाझ प्रस्तुत भइसकेका छन् । अभिनय, कला र संगीत मार्फत आफ्नो प्रतिभालाई दर्शक स्रोता सामक्ष उजागर गरिरहेका नायक केसी संचार क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेका छन ।
त्यस्तै विगत लामो समय देखि नेपाली लोक दोहोरी गायनको क्षेत्रमा आफ्नो छुट्टै पहिचान राख्न सफल लोक गायिका राधीका हमालले क्याम्पस पढ्न आउने जस्ता लोकप्रिय गितहरु गाएर दर्शक स्रोताहरुको मन मुटुमा बस्न सफल भइसकेकी छन् ।
नायक केसी र लोक गायिका हमाललाई कलाकार, चलचित्र निर्देशक, संचारकर्मी एवं तेश्रो नेशनल शिखर कृषि अवार्ड २०२२ का मुल समारोह समितीका अध्यक्ष शेखर खनालले प्रमाणपत्र र नगद सहित व्राण्ड एम्वेसेडरमा नियुक्त गरेका हुन् । यही आउँदो असार ३ गते राजधानी काठमाडौमा सम्पन्न हुने अवार्ड कार्यक्रमको लागि नायक केसी र लोक गायिका हमालले व्राण्ड एम्वेसडरको रुपमा काम गर्नुपर्ने अध्यक्ष खनालको भनाई छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
