किम्फको ‘नेपाल पानोरामा’ मा १४ वटा चलचित्र

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) को ‘नेपाल पानोरामा’ अन्र्तगत १४ नेपाली चलचित्रहरु सहभागी हुने भएका छन् । पर्वतीय विषयवस्तुमा आधारित चलचित्रको उक्त महोत्सवमा मंसिर २५ देखि २९ सम्म राजधानीको सभा गृह र नेपाल पर्यटन बोर्डमा आयोजना गर्न लागिएको छ ।
महोत्सवका लागि ६९ देशका ४२७ वटा चलचित्रहरु प्राप्त भएकोमा २९ देशका ६६ वटा चलचित्रहरु प्रदर्शनका लागि छनौट भएको आयोजक हिमाल एसोसिएसनका कार्यकारी निर्देशक वसन्त थापाले जनाएका छन् । महोत्सवको अन्तर्राष्ट्रय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख ५० हजार र १ लाख रुपैयाँ जित्नेछन् । त्यस्तै ‘नेपाल पानोरामा’ अन्तर्गत उत्कृष्ट हुने कथानक (फिक्सन) र गैर–कथानक (ननफिक्सन) फिल्मलाई क्रमशः १ लाख र ७५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
यसपटक किम्फले आयोजना गरेको ‘परिवर्तित नेपाल’ शीर्षकको तीन मिनेटको सर्ट फिल्म प्रतियोगितामा छनोट भएका उत्कृष्ट १० चलचित्र पनि प्रदर्शन गरिनेछन् । त्यसबाहेक महोत्सवमा तीन वटा स्वीस चलचित्रको विशेष प्रदर्शनी गरिनेछ ।
‘पछाडि पारिएकाहरुको आवाज’ नारासहित आयोजना हुन लागेको महोत्सवको उद्घाटनमा चलचित्र ‘द एसेन्ट अफ एभरेष्ट’ प्रदर्शनी गरिनेछ । महोत्सवमा फ्रेन्च नागरिक डेनिस पौलेद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्बिरहरूको प्रर्दशन गरिनेछ । यसपटक महोत्सवमा चलचित्र प्रदर्शनीसँगै विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को हिउँचितुवा संरक्षणसम्बन्धी स्टोरी टेलिङ कार्यक्रम आयोजना हुनेछ ।
हिमाल एसोसिएसनले सन् २००० देखि आयोजना गर्दै आएको महोत्सवको यो १७ औं संस्करण हो ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung