किड क्वीन नेपाल २०२२ को उपाधि इरीना महर्जनलाई
किड क्वीन नेपाल २०२२ को उपाधि १३ वर्षिया इरीना महर्जनले जितेकि छिन । राजधानीमा शनिवार साँझ सम्पन्न प्रतियोगितामा रिड मोडल स्कुलको कक्षा ८ मा अध्ययनरत इरीनाले शिर्ष उपाधी सहित मिस पब्लिक च्वाईस र तस्वीर मिस फोटोजेनिकको उपउपाधि पनि जितेकी छिन ।
९ देखि १४ वर्षसम्मका २५ प्रतिभावान् बालिकाले स्पर्धा गरेको प्रतियोगितामा खोप्रिङ इंग्लिस एकेडेमीको कक्षा ७ मा अध्ययनरत इप्सा प्रजापति फस्ट र जनज्योति सकेन्डरी इग्लिस स्कुलको कक्षा ५ मा अध्ययनरत प्रिस्का पुलामी मगर सेकेन्ड रनर्रअप भएका छन् । विजेताहरुले क्रमशः २५, १५ र १० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा सुवा कोजु मिस ट्यालेन्ट, प्राप्ती रेग्मी मिस ट्यालेन्ट फस्ट रनर्सअप, स्तुती कार्की मिस ट्यालेन्ट सेकेन्ड रनर्सअप र तस्वीर मिस फोटोजेनिक, मार्था तामाङ मिस क्याटवक, प्रार्थना बज्राचार्य मिस क्युट, तृप्ति बैद्य सोसियल वेलफर एम्बेसडर, श्रीषा श्रेष्ठ सोसियल वेलफर एम्बेसडर फस्ट रनर्सअप, कृस्पी पौडेल सोसियल वेलफर एम्बेसडर सेकेन्ड रनर्सअप र मिस चार्मिङ, पलिस्था कुटुव बेस्ट ड्रेस, सुबारिया श्रेष्ठ मिस कल्चर, गृष्मा राजचल मिस पर्सनालिटी, आस्था थापा मगर बेस्ट हेयर, सकिरा तामाङ बेस्ट स्कीन, सफलता प्रधानांग बेस्ट स्माइल, परी मगर मिस इलीजेन्ट, ममता श्रेष्ठ र ज्योति खत्री मिस डिसिप्लेन, ट्रेक्षी चित्रकार मिस इनोसेन्ट तथा नीर्जला कौसिला र नसिका ठकुरी मिस फ्रेन्डसीप उपउपाधि विजेता भएका छन् ।
नेप्लीज फेसन होमको आयोजनामा सम्पन्न प्रतियोगितामा काठमाडौं महानगरपालिकाकी उपमेयर एवं पूर्व मिस नेवाः सुनीता डंगोलको प्रमूख आतिथ्यता रहेको थियो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
