‘किड क्विन नेपाल’को उपाधि रशुलाई
‘किड क्विन नेपाल–२०१९’ को उपाधि रशु पन्तले जितेकी छिन् । नेप्लीज फेसन होमले आयोजना गरेको प्रतियोगिता राष्ट्रिय नाचघरमा सम्पन्न भएको हो । २१ जना प्रतियोगिहरुले भाग लिएको प्रतियोगितामा रशुले उपाधी सहित नगद १० हजार रुपैयाँ प्राप्त गरेकी छिन ।
प्रतियोगितामा रोशिका लामाले फस्ट रनर्सअपको उपाधि जितिन् भने कृष्मा ढुंगनाले सेकेन्ड रनर्सअपको उपाधि जित्न सफल भइन् । समारोहमा सोसियल वेलफेयरको उपाधि सान्भी बानियाँले, मिस ट्यालेन्टको उपाधि सुप्रिया बिष्टले, मिस फ्रेन्डसिपको उपाधि निशा बिकले, मिस स्माईलको उपाधि स्नेहा रजकले, मिस पर्सनालिटीको उपाधि रितिका थापाले, मिस क्याटवाकको उपाधि मनिषा राईले, मिस कल्चरको उपाधि प्रकृना प्रधानाङ्गले जित्न सफल भए । त्यस्तै पब्लिक च्वाईसको उपाधि सुप्रिया तामाङले जितिन् भने बेस्ट ड्रेसको उपाधि सरु खोटेजुले, मिस डिसिप्लेनको उपाधि प्राची किबनायोले, बेस्ट हेयरको उपाधि स्नेहा प्रजापतिले, मिस एलिगेन्टको उपाधि श्रीया जराजुले, बेस्ट स्किनको उपाधि आयुषा वाईवाले, तथा मिस चार्मिङको उपाधि निमिषा श्रेष्ठले जित्न सफल भए ।
प्रतियोगिताको निर्णायकमा सञ्चारकर्मीद्वय कृष्ण भट्टराई तथा डब्बु क्षत्री, मार्शलआर्टका गुरु अशोक कुमार श्रेष्ठ, नेपाल एयरलाईन्स कर्पोरेशनका अच्युतराज पहाडी, गायिका लसता जोशी, मेकअप आर्टिस्ट मञ्ज कार्की पाण्डे र व्यवसायी रोशन सायमी रहेका थिए ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
