चलचित्र ‘खुस्मा’का दुई पोस्टर रिलिज
असोज ३ गते रिलिज हुने चलचित्र ‘खुस्मा’का दुई पोस्टर रिलिज गरिएको छ । अशोक थापा मगरको लेखन तथा निर्देशनमा बनेको चलचित्रको दुई मध्ये एक पोस्टरमा चलचित्रका प्रमुख कलाकार धिरज मगर तथा उपसना सिंह ठकुरीलाई रोमान्टिक भावमा देखाइएको छ । पोस्टरमा धिरजले उपसनालाई अगाँलोमा बाँधेको देख्न सकिन्छ ।
यस्तो दोश्रो पोस्टरमा उपसनालाई मात्र देख्न सकिन्छ । सो पोस्टरमा उनलाई चिन्तित मुद्रामा देख्न सकिन्छ । पोस्टरमा उनले खस्टो ओडेकी छन् । मगर समुदायको पृष्ठभूमिमा चलचित्रले प्रेमकथा पेस गर्ने निर्देशक थापा मगरको भनाइ छ । उनले यसअघि केही डकुमेन्ट्री चलचित्र लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय चलचित्र हो । डकुमेन्ट्री चलचित्रबाट निर्देशक थापाले नौ वटा बिभिन्न अर्न्तराष्ट्रिय चलचित्र महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।
चलचित्र एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको हो । चलचित्रमा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन, सुजाता राई, विजय संयोक सुब्बा, राजु रेग्मी मगर,राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुण पुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर, दुईसाङ थिङ लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रका निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेतान मगर तथा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । चलचित्रमा दिपक बज्राचार्यको छायांकन, एसडी योगी र छान्जु पार्क ९कोरियन० को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
