स्वरुप राज आचार्यको सन्देशमुलक गीत 'खोजी हिडे'
पछिल्लो समय समाजमा निकै नै घटिरहेको बलात्कार जस्तो जघन्य अपराध को घटनालाई उठान गरि नयाँ म्युजिक भिडियो बजारमा आएको छ।
गीतकार भामा देवकोटा शर्माको रचना र स्वरुपराज आचार्यको स्वर रहेको नयाँ गीत 'खोजी हिडे' को भिडियो सार्वजनिक भएको छ । अनुनय एल्बममा संग्रहित गीतमा बिष्णु तामाङले संगीत दिएका छन् । भामा पेशाले चिकित्सक हुन् र उनी अमेरिकामा बस्छिन् । आफ्नो कार्य क्षेत्र अमेरिका नै भएपनि उनको नेपाल आउने जाने क्रम बाक्लै हुने गरेको छ ।
भिडियोमा डा.प्रमोद शर्मा र अमृता श्रेष्ठको साथमा खेमनाथ खनालले समेत अभिनय गरेका छन् । भिडियोलाई वसन्त सापकोटाले निर्देशन गरेका हुन।सापकोटाले झन्डै ३०० हाराहारी म्युजिक भिडियो निर्देशन गरिसकेका छन्। दीपक कुमार शर्मा र अम्बिका शर्माले निर्माण गरेको भिडियो प्रभामा क्रिएसन नामक युटुब च्यानालमार्फत सार्वजनिक गरिएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
