एक दशक पछि बन्ने भो ‘खलनायक’को सिक्वेल
एकपछि अर्को चलचित्रको सिक्वेल बन्ने सिलसिला पछिल्लो समय बढीरहेको छ । यसै क्रममा निर्माता तथा कलाकार रोज राणाले पनि सन् २००८ को सफल चलचित्र ‘खलनायक’को सिक्वेल ‘खलनायक २’ बनाउने भएका छन् ।
राणाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै चलचित्र निर्माणको औपचारिक जानकारी दिएका हुन् । हाल चलचित्रका लागि निर्देशक र लेखक फाइनल भएका छन् । राणाका अनुसार हाल स्कृप्ट लेखनकार्य भइरहेको छ । खलनायकका लेखक मौनता श्रेष्ठले नै खलनायक २ को स्कृप्ट लेखिरहेका छन् । निर्देशन भने रणवीर चलचित्रबाट सम्भावना देखाएका गोविन्द सिंह भण्डारीले गर्नेछन् ।
‘खलनायक’ मल्टिस्टारर् चलचित्र थियो । जसमा राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट र अभिनेत्री झरना थापाको मुख्य भुमिका थियो । त्यो समय यि चारै कलाकार सुपरस्टार थिए ।
निर्माता राणाका अनुसार चलचित्र एक्सन लभस्टारी थियो । त्यो समयमा यसलाई धेरै दर्शकहरुले रुचाएका पनि थिए । उनलाई पनि खलनायक अलिक बढी मन परेको थियो । सोही कारण यसकै सिक्वेल बनाउने निर्णय गरेको बताउँछन् । त्यसो त उक्त समयमा चलचित्रको बजेट जम्मा ६५ लाख थियो । तर अहिले अनुमानित बजेट २ करोड देखिएको छ । निर्माण लागत ३ गुणा बढेको छ । राणा यसलाई रिक्स मान्छन् । यद्यपी चलचित्र चलेको खण्डमा त्यो रकम उठ्ने उनको विश्वास छ ।
चलचित्रमा पुराना कलाकारहरु दोहोरिने छैनन् । कथा पनि नयाँ शैलीमा लेखिदैछ । नयाँ कलाकारहरुको अभिनय रहने छ । एक्सन लभस्टोरी कथा भन्ने चलचत्रमा एन वि महर्जनको द्धन्द्व रहनेछ । साउन पहिलो साताबाट छायाँकन शुरु गर्ने बताइएको चलचित्र नयाँ वर्षको अवसर पारी यसै वर्षको चैत्र २८ गते प्रदर्शन हुने राणाले जनाएका छन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal