टेली चलचित्र ‘केशरी’को टिजर सार्वजनिक
रघुजी फिल्मसको निर्माणमा बनेको सामाजिक टेली चलचित्र ‘केशरी’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा नारी सेन्टिमेन्टलाइ देखाउन खोजिएको छ ।
‘केशरी’ को मुख्य पात्र आशा भुषालले निभाएकी छन् । थुप्रै चलचित्र, म्युजिक भिडियो तथा टेली चलचित्रमा काम गरि सकेकी आशाले ‘केशरी’ मा जिवन्त अभिनय गरेकी छन् । उत्तम अधिकारीको लेखन तथा निर्देशनमा बनेको टेली चलचित्र ‘केशरी’मा नारी बेदनाको कथालाई महत्वपूर्ण स्थान दिइएको छ । नेपाल नेटवर्क टेलिभिजनबाट प्रत्येक सोमवार साँझ ७ बजे प्रशारण हुने टेली चलचित्र ‘केशरी’ले गाउँले जन जीवनको यथार्थ कथा बोल्ने लेखक तथा निर्देशक अधिकारीले बताए । टेली चलचित्र ‘केशरी’ ५२ भाग सम्म पुर्याउने लक्ष्य रहेको छ ।
टेली चलचित्र ‘केशरी’ का निर्माता रघुनाथ सापकोटा हुन् उनलाई निर्माणमा राज कुमार श्रेष्ठले सघाएका छन् । टेली चलचित्रको छायाँकन एलेक्स पुडासैनीले गरेका हुन् भने सम्पादन बन्दे प्रसादले गरेका हुन् । ‘केशरी’मा आशा भुषालको अलावा लक्ष्मीनाथ तिमल्सिना, विनय राज पौडल, प्रदीप सिंह थापा, करुणा श्रेष्ठ, चण्डिका बस्नेत, रेशम फिरिरी, सुरज अधिकारी, समीर खनाल,स्मृति बस्नेत, डिम्पल खरेल, बिष्णु रोक्का लगायतका कलाकारको अभिनय रहेको छ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
