‘एक भगवत् गीता’को गीत ‘के तिमीलाई यो कुराको खबर छ’ सार्वजनिक

चलचित्र ‘एक भगवत् गीता’को ‘के तिमीलाई यो कुराको खबर छ’ बोलको गीत सार्वजनिक गरिएको छ । कृष्ण जन्माष्टमीको अवसर पारेर मैथली र नेपाली भाषाको समिश्रणमा तयार पारिएको गीत सार्वजनिक गरिएको हो ।
जनकपुरको सेटिङमा खिचिएको गीतमा सबिन एकतारेको शब्द र हर्कुलस बस्नेतको संगीत रहेको छ । गीतमा संगीतकार बस्नेत, रजज्ञा श्रेष्ठ र सुमन गुरुङको स्वर सुन्न सकिन्छ । अभिनेत्री सुहाना थापा र बालकलाकार जेभिस र जेभिन श्रेष्ठलाई फिचर्ड गरिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । राजेश श्रेष्ठले खिचेको गीतलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् ।
आगामी भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्रमा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।
सुनिल कुमार थापाको निर्माण रहेको चलचित्रमा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर रहेको छ ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal