‘के घर के डेराः घर नं २’को ट्रेलर सार्वजनिक
दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेराः घर नं २’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक ट्रेलरमा घर र डेराबीचको अन्तर देखाइएको छ ।
घर जोगाउन र जोड्न युवा पुस्ताले गरेको संघर्ष र त्यसले सिर्जना गरिरहेको नकारात्मक पक्षलाई ट्रेलरले देखाएको छ । घर मोहले बिग्रिएको आर्थिक कारोबार र परिवारलाई ट्रेलरमा प्रष्टसँग देखाउने काम निर्देशकले गरेका छन् ।
चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको चलचित्र जेठ २ गतेदेखि प्रदर्शन हुने छ । बुद्धिसागरको कथा र कृष्णबहादुर थापाको छायांकन रहेको चलचित्रका निर्माता नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुन् भने कार्यकारी निर्माता युवराज कार्की हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
