Mansara

डेरामा बस्नेको कथामा ‘के घर के डेरा’ निर्माण हुने

२०७६ माघ २२
डेरामा बस्नेको कथामा ‘के घर के डेरा’ निर्माण हुने

चलचित्र ‘के घर के डेरा’ निर्माण हुने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्र निर्माणको औपचारिक जानकारी गराइएको छ ।

राजधानीमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा निर्माण हुने चलचित्रलाई सुव्रतराज आचार्यले निर्देशन गर्नेछन् । चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, लूनिभा तुलाधर, आर्सिना भट्टलगायतका कलाकारको अभिनय रहनेछ । दयाहाङ, विपिन र वर्षाले ‘जात्रै जात्रा’ पछी यही चलचित्रमा एक साथ काम गर्न लागेका हुन ।

ताक्पा तामाङ (सिंगे लामा)को कन्सेप्टमा बन्ने चलचित्रमा निर्देशक सफल केसी र प्रतिक गुरुङको पटकथा रहनेछ । सफल र प्रतिकले निर्देशन गरेको चलचित्र ‘हरी’ समिक्षात्मक रुपमा अब्बल ठहरिएको थियो ।

शुभ लाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने चलचित्रमा दिर्घ वीर गुरुङको छायांकन, शंकर थापा (स्माइल)को संगीत, मित्र डी गुरुङको सम्पादन र गम्भीर विष्टको कोरियोग्राफी रहनेछ ।

सिंगे लामाको कार्यकारी निर्माण रहने चलचित्रमा राजीव श्रेष्ठ र किरण महर्जन निर्माता छन् । यस्तै यमप्रसाद ओली सह-निर्माता हुन् ।

Mahajatra