माझी बस्तीको सहयोगार्थ ‘केबीसी’मा ‘जात्रै जात्रा’, हट सिटमा बसे दया र विपिन

एकातिर समाज सेवा अर्को तिर चलचित्रको प्रचार । चलचित्र निर्माण टिमको आकर्षण बन्दै गइरहेको छ केबीसी अर्थात टेलिभिजन शो ‘को बन्छ करोड पति’ ।
प्रदर्शनको क्रममा रहेका चलचित्रका कलाकारहरुले केबीसीमा गेम खेल्ने अनि जितेको रकम सामाजिक कार्यका लागि हस्तान्तरण गर्ने क्रम बाक्लिन थालेको छ । यसै क्रममा चलचित्र ‘जात्रै जात्रा’ का कलाकारहरुले केबीसीमा गेम खेलेका छन् ।
प्रचार प्रचारलाई तिब्र बनाइरहेको चलचित्रको जम्बो टिम केबीसी पुगेको भएपनि अभिनेताद्वय दयाहाङ राई र विपिन कार्कीले हट सिटमा बसेर गेम खेलेका हुन् । एपी वानमा प्रशारण हुने चर्चित टेलिभिजन शो ‘को बन्छ करोडपति’ मा उनीहरुले कति रकम जिते भन्ने खुलाइएको छैन इदपी जितिेको रकम स्वेता खड्काको स्वेता श्री फाउन्डेशनलाई हस्तान्तरण गर्ने घोषणा गरिएको छ । फाउन्डेशनले सिन्धुपाल्चोकमा निर्माण गरिरहेको माझी बस्तीका लागि उक्त रकम हस्तान्तरण हुनेछ ।
जेष्ठ ३ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रमा दया र विपिनका अलवा रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, बर्षा राउत, राजाराम पौडेललगायतका कलाकारको मुख्य भूमिका छ । रविन्द्र सिंह बनियाँ कार्यकारी निर्माता रहेको चलचित्रमा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । चलचित्रमा शंकर महर्जनको द्वन्द्व, निर्देशक भट्टराईकै कथा र कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत रहेको छ । ‘जात्रै जात्रा’ सन् २०१६ को सफल चलचित्र जात्राको सिक्वेल हो ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal