‘कठपुतली’को फस्टलुक पोष्टर सार्वजनिक
हरर जनराको चलचित्र ‘कठपुतली’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । कुनै कालखण्डमा एक राज्यमा शासन गर्ने राजाको दरबार भित्रको सेरोफेरोमा आधारित ‘कठपुतली’को कथा पूर्ण काल्पनिक रहेको बताईएको छ ।
सम्पदा मल्लको लेखन रहेको चलचित्रलाई भिमसेन लामाले निर्देशन गरेका हुन् । बजारमा आइरहेका हरर नेपाली चलचित्र भन्दा ‘कठपुतली’ भिन्न रहेको कारण आफुले लगानी गरेको निर्माता पृथ्वी राना मगरको भनाई छ । उनले ‘परेनी माया जालैमा’ र ‘हंगामा’ नामक दुई चलचित्रको निर्देशन गरेका थिए ।
चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुबर्ण थापालगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको पोस्ट प्रोडक्शनको सम्पुर्ण काम हाल लण्डनमा भईरहेको जनाइएको छ ।
पृथ्वी राना प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता पृथ्बी राना मगर र ईश्वर राई हुन् । सहनिर्माताको रुपमा माईक अर्याल, बिशाल गुरुङ्ग, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् भने, कार्यकारी निर्माता सम्पदा मल्ल हुन् ।

Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
