तेस्रो कर्णाली चलचित्र कार्यशाला ४ चैतबाट सुर्खेतमा
तेस्रो कर्णाली चलचित्र कार्यशाला आगामी ४ चैत देखि ९ चैतसम्म कर्णालीको सुर्खेतमा आयोजना गरिने भएको छ । केवी इन्टरटेनमेन्ट प्रा.लि.ले कर्णालीमा तेस्रो पटक यो चलचित्र कार्यशाला आयोजना गर्न लागेको हो ।
आयोजक संस्थाका अध्यक्ष भूपेन्द्र कुमार खड्काले भने – ‘कर्णाली विकट भए पनि प्राकृतिक र भौगोलिक हिसाबले निकै सुन्दर छ । संस्कृति विविधताले भरिएको कर्णालीको कथा स्थानीय चलचित्रकर्मी मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउनकै लागि हामीले तीन वर्षबाट नियमित रुपमा कर्णाली चलचित्र कार्यशाला आयोजना गर्दै आएका हौँ ।’
कार्यशालामा यस पटक चलचित्र विकाश बोर्डका अध्यक्ष तथा लोकप्रिय कलाकार, दिनेश डिसी, पूर्व अध्यक्ष एवम् चलचित्र निर्देशक दयाराम दाहालको विशेष कक्षा हुनेछ ।
चलचित्र विकास बोर्डका सदस्य एवम् निर्देशक राजु केसीले प्रयोगात्मक सहितको कक्षा लिने छन् । कार्यशालामा अभिनेत्री सरिता गिरीले अभिनय सम्बन्धी प्रशिक्षण दिने छिन भने छायांकार निरज कँडेलले छायांकन सम्बन्धी प्रयोगात्मक प्रशिक्षण दिने छन् । यस्तै फिल्म सम्पादक रुपेश मिजारले कार्यक्रममा सम्पादन सम्बन्धी कक्षा लिने भएका छन् । कार्यशालामा सहभागी विद्यार्थीहरूले तीन वटा वृत्तचित्र र दुई वटा लघु चलचित्र निर्माण गर्ने छन् ।
कर्णाली प्रदेशका १० वटा जिल्लाका २५ जना विद्यार्थीहरूले यो कार्यशालामा भाग दिने भएका छन् । चलचित्र विकाश बोर्डको सहकार्यमा हुने यो कार्यशालालाई नेपाल टेलिकम, नविल बैंक, एनसेलको सहयोग रहने छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
