Mahajatra

पत्रकारको भूमिका सहज थिएन – कार्म

२०७९ बैशाख २२
पत्रकारको भूमिका सहज थिएन – कार्म

चलचित्र षट्कोणमा अभिनेता कार्म पत्रकारको भुमिकामा देखिएका छन् । चलचित्रमा उनको एक घट्नाको अनुसन्धान गरिरहेको क्राइम रिपोर्टरको भुमिका छ ।

त्यसो त कुनै पनि घट्नाको अनुसन्धान गर्ने पहिलो जिम्मा प्रहरीको हो । त्यसो भए कार्म किन अनुसन्धानमा निस्किए त ? त्यसको जवाफ चलचित्रले पक्कै दिने नै छ । यद्यपी पत्रकारले कुनै पनि घट्नाको खोज गरि अनुसन्धनात्मक रिपोर्ट लेख्नु उसको कर्तब्य पनि हो । नेपालकै केही मिडियामा केही पत्रकारहरुले त प्हरीले टुङ्गो लगाउन नसकेका यस्ता घट्नामा अनुसन्धनात्मक रिपोर्टको सिरिज नै लेखेका छन् । यसअर्थ कार्मको भूमिका वास्तविकतासँग नजिक छ ।
कार्म पनि आफ्नो चरित्रलाई लिएर थप सेन्सिटिभ देखिए । उनले पात्रलाई न्याय गर्न क्राइम बिटमा काम गर्ने पत्रकारसँग भेट गर्ने, विभिन्न मिडियामा आएका क्राइम रिपोर्टहरु अध्ययन गर्ने जस्ता कामहरु पनि गरेका रहेछन् ।

खासगरि आफुलाई चकलेटी नायकको भूमिका भन्दा पनि क्यारेक्टरमा काम गर्न रुचि भएको कार्म बताउँछन् । उनी षट्कोणमा आफ्नो रुचि अनुसारकै क्यारेक्टर पाएको जनाउँछन् । यसअर्थ पनि आशा गर्न सकिन्छ कि कार्मले आफ्नो रुचि अनुसारको क्यारेक्टरमा पक्कै मेहनत गरेका होलान भनेर ।

यता कार्म भने यो क्यारेक्टर गरिरहदा पत्रकारको काम सहज नभएको बुझेको जनाउँछन् । अझ कुनै पनि घट्नाको अनुसन्धनात्मक रिपोर्ट तयार गर्दा प्रहरीसँग पनि उत्तिकै टसल हुने उनको बुझाई छ । प्रहरी पनि सके सम्म आफै घट्नाको निचोडमा पुग्न चाहन्छ, अनि कतिपय अवस्थामा सूचना लुकाउन बाध्य हुन्छ तर, पत्रकार जति सको धेरै सूचना संकलन गर्न चाहन्छ ।

मिलन डि काप्रिको निर्देशन रहेको चलचित्र शुक्रबारबाट प्रदर्शनमा आउँदै छ । चलचित्रमा कार्मका अलवा भोला सापकोटा, लोकेन्द्र लेखक लगायतका कलाकारको पनि अभिनय रहेको छ ।