चलचित्र ‘कार्की साइँला’को शुभमुहूर्त, भरियाको कथा भन्ने

२०८२ बैशाख ८
चलचित्र ‘कार्की साइँला’को शुभमुहूर्त, भरियाको कथा भन्ने

चलचित्र ‘कार्की साइँला’ को शुभ मुहूर्त गरिएको छ । सोमबार कोटेश्वरको महादेवस्थानमा स्क्रिप्ट पूजा गर्दै चलचित्रको शुभ मुहूर्त गरिएको हो । भरियाको कथामा बन्ने चलचित्रको मुहुर्तमा जितु नेपाल र वर्षा सिवाकोटीले सट दिएका छन् ।

मुहूर्तमा जनकदीप पराजुलीले एक्सन कट गरेका थिए भने क्ल्यापमा निर्माता सुशील पोखरेल, क्यामेराको स्विच अन डम्बरबहादुर राईले गरेका थिए साथै निर्माता र कलाकार उग्रसन ढुङ्गानाले नरिवल फोरेर क्यामेरा पूजा गरेका थिए ।

राजेन्द्र बस्नेतको निर्देशन रहने चलचित्रमा वर्षा र जितुको अलावा गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर मनिल तामाङको अभिनय रहेको छ । चलचित्रले भुइँ मान्छेको कथालाई भन्ने निर्देशक बस्नेतले जानकारी दिएका छन् ।

कर्णबहादुर फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् भने बालकुमार राई निर्माता हुन् ।

चलचित्र राजु किराँतीको द्वन्द्व, बाबुल गिरिको संगीत, कमल राईको नृत्य र अजित लामिछानेको लेखन रहनेछ ।