‘काँडेतार’ २५ फागुनबाट प्रदर्शन हुने

चलचित्र ‘काँडेतार’ २५ फागुनबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माता तथा निर्देशक नवल खड्काले आइतबार आफ्नो जन्मदिनको अवसर पारेर चलचित्रको प्रदर्शन मिति घोषणा गरेका हुन् ।
चलचित्रले नेपाल र भारतको सीमामा काँडेतार लगाइनुपर्छ भन्ने बिषय समेटेको छ । केही दिन अघि मात्र सेन्सर पास भएको चलचित्रले राष्ट्रियताको कथा भनेको छ । यसअर्थ खड्काले चलचित्रलाई आर्थिक अनुदान, करमा छुट, स्वदेशमा एकल रिलिजको वातावरण बनाइदिन र विदेशमा प्रदर्शनका लागि कूटनीतिक पहलका लागि सरकारसँग आग्रह गरेका छन् ।
चलचित्रमा नवलसँगै गौरव पहारी, रेविका गुरुङ, सुरबिना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीको अभिनय छ । नवलसँगै माकिको राई र अञ्जु केसी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता सत्यकला राई हुन् । चलचित्रमा मणि थापा र दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal