सुरु भयो चलचित्र ‘कल्ली’को छायांकन

चलचित्र ‘कल्ली’को छायांकन सुरु गरिएको छ । आइतबार काठमाडौंको बौद्धबाट छायाँकन सुरु गरिएको हो । ३५ दिनको सेड्युलमा चलचित्रको छायांकन काठमाडौंपछि जुम्ला जिल्लामा हुनेछ ।
चलचित्रको लागि पहिलो सट उत्तम प्रधान, नाजिर हुसेन र वर्षा राउतले दिएका थिए । नाजिर र वर्षा श्रीमान् - श्रीमतीको भूमिकामा देखिँदैछन् भने उत्तमले १३ वर्षपछि यसै चलचित्रबाट कमब्याक गर्दैछन् ।
लक्ष्मण सुनारको निर्देशनमा छायाँकन सुरु भएको चलचित्रमा सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी, बेगम नेपाली लगायतको पनि अभिनय रहनेछ ।
लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको चलचित्रमा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ । चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली र कार्यकारी निर्माता सरोज नेपाली हुन्। महेश दवाडीको लेखन रहेको चलचित्रमा निसाल पौडेलको छायाँकन रहने छ ।

Latest Updates
New Releases (Chaitra 8)
-
Draupadi
Director : Rishi Raj Acharya
Casts : Ashwini Shahi, Ravi Oad, Sujata Timalsina, Jlson Adhikari, Rishi Raj Acharya
Next Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel