‘काले दाई’को गीत ‘आँखा आँखा’ सार्वजनिक

चलचित्र ‘काले दाई’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘आँखा आँखा जुधी’ बोलको गीतमा इन्द्र रामजालीको शब्द र संगीत, दीपा लामा र शिव के. परियारको स्वर र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । रोमान्टिक गीतको भिडियोमा कलाकारद्वय इन्द्र रामजाली र अनु पराजुलीलाई फिचर गरिएको छ ।
प्रेममा जात घुसेपछि उत्पन्न हुने द्वन्दको कथा वाचन गरेको चलचित्रमा इन्द्र र अनुका अलावा शिशिर भण्डारी, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारीलगायतका कलाकारहरुको अभिनय छ । चलचित्रलाई शिव शर्माले निर्देशन गरेका हुन् ।
नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा इन्द्र रामजाली र किशन अर्यालको कथा, पवन गौतमको छायांकन, कुमार महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी र तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ । चलचित्र दशैँको अवसर पारेर असोज १७ गतेबाट प्रदर्शन हुनेछ ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal