‘ऐंचो पैंचो’को गीत ‘काले केटाले’ सार्वजनिक

२०८० श्रावन ११
‘ऐंचो पैंचो’को गीत ‘काले केटाले’ सार्वजनिक

भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ऐंचो पैंचो’को गीत ‘काले केटाले’ रिलिज गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा एकनारायण भण्डारीको शब्द र आशिष अविरलको संगीत र संगीतकार अविरल र अस्मिता अधिकारीकको स्वर रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा चलचित्रका प्राय सबै कलाकारलाई प्रस्तुत गरिएको छ । कृषा चौलागाईको निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता प्रितम लामिछाने र आध्या लामिछाने हुन् । चलचित्रमा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

Latest Updates

New Releases (Jestha 2)

Next Releases (Jestha 9)