कलाकारलाई दक्षिणा ३१ रुपैयाँ
चलचित्र कलाकार संघको आयोजनामा दशैंको टिका आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान पर्व बडा दशैँ, तिहार, छठ एवम् नेपाल सम्वत् ११४० को अवसर पारेर राजधानीमा टीकासहितको शुभकामना आदानप्रदान तथा चियापान आयोजना गरिएको हो । कार्यक्रममा संघका अध्यक्ष रविन्द्र खड्का र बरिष्ठ चलचित्रकर्मी यादव खरेलले उपस्थित कलाकारहरुलाई टीका लगाई दिएका थिए ।
कार्यक्रममा संघका केही पदाधीकारी तथा सदस्य सहित केही अग्रज चलचित्रकर्मीहरुको उपस्थिति रहेपनि पछिल्लो समय चल्तिमा रहेका कलाकारहरुको उपस्थिति भने शुन्य थियो । कार्यक्रममा नेपाल संगीत तथा नाट्य कला प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा, नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, वरिष्ठ चरित्र अभिनेत्री लक्ष्मी गिरी, कलाकारहरु मोहन निरौला, मधुकुमार श्रेष्ठ, सानु ताम्राकार, सुनिल कटुवाल, टीका पहाडी, आरपी पन्त, गायक आनन्द कार्की, गायक सीताराम पोखरेललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा टीका सहित संघ स्थापना भएको ३१ वर्ष पुगेको भन्दै कलाकारलाई ३१ रुपैयाँ दक्षिणा पनि दिएको थियो । उक्त अवसरमा संघका कोषाधक्ष्य सुनिल कटुवालले ३१ रुपयाँलाई ३१ सय बनाइ चलचित्र कलाकार संघको कोषमा जम्मा गर्न सुरुवात गरे संगै केही कलाकारहरुले उक्त दक्षिणमा सहयोग रकम थप गरि कलाकार अक्षय कोषका लागि हस्तान्तरण गरेका थिए । यो अवसरमा ३५ हजार भन्दा बढी रकम संकलन भएको जनाइएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
