विपिन अभिनित ‘काजी’ चैत २७ मा रिलिज हुने
लक्ष्मण रिजालको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘काजी’को प्रदर्शन मिति तय गरिएको छ । फर्स्ट लुक सार्वजनिक गर्दै निर्माण टिमले चैत २७ गतेलाई रिलिज मिति घोषणा गरेको हो ।
चलचित्रको सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य पात्र विपिन कार्की छन् । उनी योङ एण्ड हेन्डम देखिएका छन् । चिटिक्क पारेर कोरेको कपाल र दारीमा रहेका उनले सर्ट लगाएका छन् । उनी गम्भीर मुद्रामा केही सोचिरहेको र केही हेरिरहेको देखिन्छन् ।
पोस्टरमा केकी अधिकारी देखिन्छन् । उनलाई विपीनले आफ्नो मुटुमा राखेको जस्तो देखिएको छ । सँगै खाना खाइहेको पुराना दिन सम्झिरहेको जस्तो देखिन्छ । पोस्टरले चलचित्र पारिवारिक लभस्टोरीमा केन्द्रित रहेको अनुमान लगाउन सकिन्छ ।
विपिन र केकीसँगै यो चलचित्रमा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा बाल कलाकार दिक्षिता अर्याललगायतको अभिनय छ ।
यो चलचित्रबाट लक्ष्मण रिजाल ८ वर्षपछि निर्देशनमा फर्किएका छन् । आफूले खोजेको जस्तै स्क्रिप्ट पाएकाले निर्देशनमा कमव्याक गरेको उनले बताएका छन् । उनले यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ लगायतका चलचित्र निर्देशन तथा ‘डिसेम्बर फल्स’ र ‘गणपति’को निर्माण गरेका थिए ।
रिजाल एण्ड रिजल प्रोडक्सनको व्यानरमा निर्माण रहेको चलचित्रलाई राम प्रसाद रिजालले निर्माण गरेका छन् । चलचित्रका कार्यकारी निर्माता असिम काफ्ले, निर्माता नेहान रिजाल र बिकाश राज जोशी रहेका छन् । चलचित्रमा प्रदीप भारद्धाजको लेखन, चिन्तन राजभण्डारीको छायाँकन, बिपिन मल्लको सम्पादन र कालिप्रसाद बास्कोटाको संगीत रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
