चलचित्र ‘काजी’को शुभमुहूर्त, आइतबारबाट छायांकन हुने

२०८२ भाद्र ७
चलचित्र ‘काजी’को शुभमुहूर्त, आइतबारबाट छायांकन हुने

चलचित्र ‘काजी’को शुभमुहूर्त गरिएको छ । दक्षिणकाली मन्दीरमा क्यामेरा तथा स्कृप्ट पूजा गर्दै मुहूर्त गरिएको हो । शुभमुहूर्तसँग छायांकनको लागि निर्माण टिम स्याङ्जा प्रस्थान गरेको छ । 

लक्ष्मण रिजालको निर्देशन रहने चलचित्रको छायाँकन आइतबारबाट शुरु हुनेछ । चलचित्रमा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहनेछ ।

आरएण्डआर प्रोडक्सनको व्यानरमा निर्माण चलचित्र सोसल लभस्टोरी जनराको रहने छ । राम प्रसाद रिजालको लगानी रहने चलचित्रका लागि स्याङ्जामा एउटा गाउँको सेट निर्माण गरिएको जनाइएको छ ।

चलचित्रमा प्रदीप भारद्धाजको लेखन, चिन्तनराज भण्डारीको छायाँकन र कालिप्रसाद बास्कोटाको संगीत रहने छ ।