प्रदर्शन मिती तय गर्दै ‘कागजपत्र’को पोस्टर सार्वजनिक
चैत्र ८ गतेलाई आफ्नो प्रदर्शन मिती तय गर्दै चलचित्र ‘कागजपत्र’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी र लोकेन्द्र लेखकलाई स्थान दिइएको छ ।
इपी एजुकेशन अष्ट्रेलिया प्रस्तुतकर्ता रहेको चलचित्र वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण भएको हो । चलचित्रमा अपिल बिष्टको लेखन तथा निर्देशन रहेको छ । कागजपत्र सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक बिष्टले बताएका छन् ।
खिलेन्द्र तिमिल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी निर्माता रहेको कागजपत्रमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सहनिर्माताको रुपमा रहेका छन् । चलचित्रमा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासीमिर डिक्सनको छायाँकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
